सुनसरीको धरानमा थप ६१ जनामा संक्रमण
प्रकासित मिति : २०७७ आश्विन १७, शनिबार ०८:१०
प्रकासित समय : ०८:१०
सुनसरी, सुनसरीको धरान उपमहानगरपालिकाका ६ वर्षीया बालिकासहित थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बेलुका आएको रिपोर्ट अनुसार उपमहानगरपालिकाका ७ कर्मचारीसहित ६१ जनामा कोरोना भएको उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
संक्रमितहरूमध्ये उपमहानगरपालिकामा कार्यरत ईञ्जिनियर, आर्थिक विकास माहाशाखा, कृषि शाखा लगायतका ७ जना कर्मचारी रहेका छन्। वडा नम्बर २ र १२ का जनप्रतिनिधिमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३६ पुरूष र २५ महिला छन् ।६१ जना संक्रमित थपिएसँगै उनीहरूको सम्पर्कमा रहेकाहरूको आज ट्रेसिङ गरिन लागिएको छ ।