प्रधानमन्त्री ओलीले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना
प्रकासित मिति : २०७७ आश्विन १७, शनिबार ०८:४३
प्रकासित समय : ०८:४३
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पलाई २४ घण्टा नबित्दै अस्पताल भर्ना गरिएको छ ।
हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत ट्रम्पलाई आज बिहानबाट ज्वरो पनि आएको चिकित्सकहरूले जनाएका छन् ।