चितवनमा थप १८ जनामा कोरोना पुष्टि

चितवन , चितवनमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १८ जना सबै चितवनका हुन् ।

भरतपुर अस्पतालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ११ पुरूष र ६ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरू २४ देखि ६८ वर्षसम्मका छन् ।

यस्तै राप्ती-४ की ६२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।