बाँकेमा पौडि खेल्ने क्रममा दुई बालकको मृत्यु

नेपालगञ्ज, बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा तलाउमा डुबेर दुई बालकको ज्यान गएको छ ।

फत्तेपुरमा रहेको नागराफल झरना अवलोकन गरेर फर्कने समयमा नजिकैको तालमा पौडी खेल्नेक्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडां नं. ९ बाँकेगाउँका १६ वर्षिय शिव शंकर शुक्ला र १४ वर्षका बिनोद बर्माको तालमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

करिब ६ जनाको समूहमा रहेका उनीहरु मध्ये पौडी खेल्नेक्रममा २ जना डुबेका हुन् । डुबेका दुबैको उद्दार गरी उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।