५ प्रदेशको स्थायी राजधानी भालुवाङमा हुने भएपछि बुटवलमा प्रदर्शन सुरु
प्रकासित मिति : २०७७ आश्विन १६, शुक्रबार १७:३८
प्रकासित समय : १७:३८
बुटवल, प्रदेश– ५ को स्थायी राजधानी दाङको भालुवाङमा हुने भएपछि बुटवलमा प्रदर्शन सुरु गरीएको छ।बुटवललाई नै स्थायी राजधानी बनाउनु पर्ने माग गर्दै अहिले बुटवलका मुख्य सडकमा प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरिरहेकाका छन्।
यसक्रममा उनीहरुले एउटा सरकारी गाडीमा तोडफोड समेत गरेका छन्।पूर्वाधार नै नभएको दाङको भालुबाङमा प्रदेश राजधानी बनाउन लागिएको भन्दै प्रदर्शनकारीले प्रदेश सरकारविरुद्ध नाराबाजी समेत गरेका छन्।
प्रदेश ५ सरकारले दाङको राप्ती गाउँपालिकाको भालुबाङमा राजधानी बनाउने प्रस्ताव आजै प्रदेश सभामा दर्ता गराएको छ।बुटवलका सडकमा यतिबेला ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

