थप ११ जना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

काठमाडौँ, बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

एकैदिन सबैभन्दा धेरै २ हजार ७२२ संक्रमित थपिएका छन् । अब नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

एकैदिन ३ हजार ३०७ जनाले कोरोनालाई जितेका छन् । देशभर अहिले २१ हजार २३४ जनामा सक्रिय संक्रमण छ ।