नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन १६, शुक्रबार १६:३८
प्रकासित समय : १६:३८
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

