उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कारोना पुष्टि
प्रकासित मिति : २०७७ आश्विन १६, शुक्रबार १६:३५
प्रकासित समय : १६:३५
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ हजार ६ सय ३८ जनामा कारोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२ सय ८० जना, ललितपुरमा १६२ जना र भक्तपुरमा १९६ जना नयाँ संक्रमित थपिएका हुन्। योसंगै मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा दुई हजार ७ सय २२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ८१ हजार ४५० पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

