नेपालमा थप दुई हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन १६, शुक्रबार १६:२५
प्रकासित समय : १६:२५
काठमाडौँ, नेपालमा थप दुई हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा दुई हजार ७ सय २२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८१ हजार ४५० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६० हजार ६९६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।