प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको निर्णय
प्रकासित मिति : २०७७ आश्विन १६, शुक्रबार १५:१२
प्रकासित समय : १५:१२
भालुवाङ,प्र्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारले निर्णय गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भए लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजार क्षेत्रलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यस अनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिएका छन् ।