क्रसर उद्योग संचालनगर्न नदिने भन्दै गाउँपालिकामा ध्यानाकर्षण–पत्र

दाङ, गढवा गाउँपालिका वडानं ५ मगहर,लोखरपुर र लालपुरका स्थानीय नागरिकहरुले तिन गाउँको सिमाना क्षेत्रमा क्रसर उद्योग संचालन हुन थालेको भन्दै संचालन गर्न नदिन गढवा गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

तिन गाउँका झण्डै ८९ जना नागरिकहरुले आफ्नो बस्तिमा सो उद्योगले असर पार्ने भन्दै उद्योग दर्ता भए नभएको पत्ता लगाउन र कुनैपनि हालतमा क्रसर उद्योग आफ्नो बस्तिमा संचालन हुन नदिने गाउँपालिकालाई ध्यानकर्षण गराएको बताएका छन् ।