इप्रका गढवाको नयाँ प्रहरी प्रमुखमा भट्ट

दाङ, इलाका प्रहरी कार्यालय गढवामा सरुवा भएर आउनुभएका नयाँ प्रहरी निरिक्षक राजकुमार भट्टलाई बिहिवार एक कार्यक्रमका वीच स्वागत गरिएको छ । बिगत १४ महिना पछि पूर्व प्रहरी निरिक्षक भरतसिंह राठौरको सरुवा भएपछि नयाँ प्रहरी निरिक्षक भट्ट गढवामा आउनु भएको हो । गढवा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय राजनितिक दल, सरकारी गैरसरकारी संघसंस्था नागरिक समाज लगायतका स्थानिय अगुवाहरुलाई आमन्त्रण गरि परिचयात्मक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, उपाध्यक्ष शान्ती चौधरी, वडा अध्यक्षहरु गुलाम मोहम्मद, वालचन्द्र ठकूरी हमाल, सद्दाम सिद्दिकी, बाबुराम अधिकारी, नेकपा प्रदेश १ क का संयोजक रामप्रसाद गैरे, गढवाका इन्चार्ज यमनारायण पोखे्रल बिश्वाँस, नेपाली काँग्रेसका महासमिति सदस्य अनुराग यादव, इकाई उपसभापति कृष्णराज पाण्डेय, तरुणदल देउखुरी क्षेत्रनं १ का अध्यक्ष किरण पौडेल, जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष जगतराम यादव, राष्ट्रिय जनमोर्चा गढवाका इन्चार्ज दिनमणि आचार्य, नागरिक समाजका संयोजक मोहनकुमार पाण्डेय, रेडक्रसका देवि प्याकुरेल, स्थानीय समाजसेवी सकुन्तला डिसी,सरस्वती योगि, उमाकान्त पन्त लगायतले नयाँ प्रहरी प्रमुखको स्वागत तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

इलाका प्रहरी कार्यालय गढवाको कार्यक्षेत्र कार्यक्षेत्र गढवा र राजपुर गाउँपालिका र त्यसमा पनि दुबै गाउँपालिकाका ३४ वटा नाका क्षेत्रहरु पर्ने भएकोले काम गर्न चुनौति रहेपनि स्थानीयको समन्वय र सहकार्य भएमा सहज हुने कार्यक्रमका बक्ताहरुको भनाई थियो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले कानून कार्यान्वयन गर्ने निकायले बिकृति बिसंगतिहरुलाई बढ्न नदिएर नागरिकहरुमा शान्ती सुरक्षा र अमन चैनको अनुभूति दिलाउनुपर्ने बताउनुभयो । गाउँपालिकाको तर्फबाट सुरक्षा निकायलाई सधैव सहयोग रहने भन्दै नदिजन्य पदार्थ र वन तथा वन्यजन्तु चोरी निकासी नियन्त्रण र नियमन गर्न प्रहरीले कडाईपुर्वक काम गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा उपस्थित अधिकांश बक्ताहरुले राप्ती पुल र महदेवा पुलमा प्रहरीबिट स्थापना गर्न,नाका क्षेत्रहरुमा सुरक्षा ब्यवस्था कडा पार्न,नदीजन्य पदार्थ र वन तथा वन्यजन्तुको अबैध चोरी तष्करी नियन्त्रण गर्न,लागुपदार्थ नियन्त्रण नियमन गर्न,सामाजिक बिकृति बिसंगतिलाई नियमन गर्दे प्रहरी मेरो साथी भन्ने नारालाई नागरिकहरुबिच अनूभूत गराउन नयाँ प्रहरी प्रमुखलाई सुझाएका थिए । कार्यक्रममा बोल्दै प्रहरी प्रमुख भट्टले आफ्नो कार्यक्षेत्रको भूगोल जिल्लामै ठूलो रहेपनि सबैसंग समन्वय र सहकार्य गर्दै कानूनको पालना गर्ने र आम नागरिकहरुमा शान्ती सुरक्षा र अमन चैनको वातावरण सृजना गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।