नेकपाले सचिवालय बैठक बोलायो
प्रकासित मिति : २०७७ आश्विन १६, शुक्रबार १२:२४
प्रकासित समय : १२:२४
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार ४ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल- प्रचण्डको भेटपछि शनिबारका लागि बैठक बोलाइएको हो ।प्रधानमन्त्री ओलीले राजदूत र मूख्य सचिव नियुक्ती एकतर्फी रुपले गरेको भन्दै शिर्षनेताहरु असन्तुष्ट छन् ।
बिहीबार सरकारले मूख्यसचिवमा शंकरदास वैरागी, अमेरिकाको लागि डा युवराज खतिवडा,लोकदर्शन रेग्मीलाई बेलायत र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गरेको थियो।