विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

काठमाडौं, सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा जन्मिएका विश्वकर्मा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छन् ।

आजैको मन्त्रिपरिषद्ले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ।