विप्लव नेकपाले कार्यकारी अधिकृतलाई जनअदालतमा सोधपुछ गर्यो

अछाम ,विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि अछामले ढकारी गाउँपालिकाका कार्यकारी अधिकृत टेक वहादुर वलिलाई जनअदातलतको कार्यालय अछाममा हाजिर गराएको छ ।अछाममा कोरोना रोकथाम ,नियन्त्रण र व्यवस्थापनमा मात्रै करिव ११ करोड २ लाख ७ सय ३३ भन्दा वढि खर्च भएको थियो ।

ती मध्य ढकारी गाउपालिकाले सवैभन्दा वढि अर्थात १करोड ४८ लाख रकम खर्च भएको तथ्य गाउँपालिकाले सार्वजनिक गरेको थियो।सोहि विषयमा व्यापक जनगुनासो आएपछि कार्यकारी अधिकृत वलिलाई जनअदालतको कार्यालय अछाममा हाजिर गराई सोधपुछ गरेको हो ।कोरोना कहरकै विच अछाममा अधिकांश स्थानिय तहले त्यहाँका जनप्रतिनिधि र कर्मचारीको मिलोमत्तोमा व्यापक अनियमितता भएका उजुरि जनपरिषद्को कार्यालयमा परेको नेकपा स्रोत अछामले वताएको छ ।आफुहरु सवै तहको अनुगमन गरिरहेको र यदि अनियमितता गरेको भेटिएमा जनपरिषद् नेपाल को निर्देशिकाको आधारमा कार्वाहि गरि छोड्ने जिल्ला जनपरिषद् प्रमुख सौगातले वताए ।कार्यकारी अधिकृत टेक वहादुर वलिलाई जनअदालतमा सोधपुछ गरि ५ दिनमा जवाफ दिनेगरि साधारण तारिखमा रिहा गरेको नेकपा निकट स्रोत ले वताएको छ