संक्रमितको नयाँ रेकर्ड शुक्रबार थपिए २७२२ संक्रमित
प्रकासित मिति : २०७७ आश्विन १६, शुक्रबार १६:२८
प्रकासित समय : १६:२८
काठमाडौं, आज नेपालमा हालसम्मकै उच्च संख्यामा काेराेना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ हजार ७२२ नयाँ संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको परीक्षण गरिएको छ।
आज देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ४७४ र होम आइसोलेसनमा ११ हजार ७६० जना छन्।

