ज्येष्ठ नागरिक दिवसकै दिन एक बृद्धले राप्ती नदीमा हाम फालेर मृत्यु

 भालुवाङ, ज्येष्ठ नागरिक दिवसकै दिन राप्ती नदीमा हाम फालेर एक वृद्धको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला वडा नम्बर ८ सातमारा निवासी अन्दाजी ६५÷७० वर्षका वृद्धको राप्ती नदीमा हाम फाल्दा मृत्यु भएको अस्थायी प्रहरी पोष्ट सातमराका प्रहरी नायव निरिक्षक देवबहादुर केसीले जानकारी दिएका छन् । बाहुन क्षेत्री जस्तो देखिने वृद्धाको नाम भने खुल्न सकेको छैन् ।

 

विहिवार दिउँसो १ः४५ बजेको समयमा भालुवाङको राप्ती पुल नजिक तटबन्धन भएको ठाउँबाट वृद्धले हाम फालेको स्थानीयले देखेर प्रहरीलाई खवर गरेका थिए ।

नदीमा हाम फाली बगिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट सातमराबाट गएको प्रहरी टोलीले उद्धार गरि उपचारका लागि लालमटिया स्वास्थ्य चौकी भालुवाङमा ल्याइएकोमा ल्याएका थिए । चेक जाँच गर्दा ती वृद्धको मृत्यु भइसइकेको स्वास्थ्य चौकीले पुष्टि गरेको थियो । मृतक वृद्धको शवलाई अहिले लमही अस्पतालको शव गृहमा राखिएको छ ।