ईमान्दार उद्धमीलाई अनुदान दिने परमपराको सृर्जना सरकारले शुरु गर्नुपर्छ : कठायत
टुरिजम व्यबसाय तथा होमस्टे सम्बन्धि गहिरो अध्ययन गरेर बिदेशबाट स्वदेश फर्कनु भएका कुलिनरी द हस्पिटालिटीका सन्चालक केशब कठायतसंग कुसे न्युजका प्रतिनिधि धिरेन अनुपमले गरेकाे भलाकुसारी ।
कुसे न्युजमा स्वागत छ यहाँलाई ?
– धन्यवाद यहाँ लाई पनि ।
अचेल कसरी दिनहरु बिताउदै हुनुहुन्छ ?
– शिक्षण कार्य हाललाई बन्द भएपनि उत्पादनका कार्यहरुमै लागेको छु।लकडाउनको भरपुर उपयोग सक्ने जति गरिरहेको छु।
कुलिनरी द हस्पिटालिटी भनेको केहो यसका कार्यहरु के के हुन ?
– कुलिनरि शब्द फ्रान्स भाषाबाट लिइएको हो । जसको अर्थ आर्टअफ कुकिङ भन्ने हुन्छ। नेपालीमा यसलाई पाककला भनेर बुझिन्छ ।हस्पिटालिटि शब्दको अर्थ नेपालीमा सम्मान अर्थात सत्कार भन्ने बुझ्छौ यो शब्द यतिमै सिमित छैन । आफैमा यउटा बिशाल छ ,मुलत हस्पिटालिटिले अतिथि सत्कारलाई बढि प्राथमिकता दिन्छ। समग्रमा कुलिनरि द हस्पिटालिटि भन्नाले हामिसंग भएका खाध्य बस्तुलाई पाककलाको माध्यमद्वारा पाहुनाहरुको टेबुल सम्म पुर्याउनु हो । बिभिन्न मापदण्डहरु जस्तै खाद्य सुरक्षा अथवा व्यक्तिगत सरसफाइलाई अत्यन्तै ध्यानदिइ र यसका मुल कार्यहरु भनेका नेपलमै हस्पिटालिटि सेक्टरमा काम गर्ने दक्ष जनसक्ति उत्पादन गर्नु हो ।
कुलिनरी द हस्पिटालिटी कलेज कहिले देखि सुर्खेतमा सन्चालनमा ल्याउनु भयो ?
– २०७६ साल भाद्र महिनाबाट सञ्चालनमा ल्याएका हौ। हस्पिटालिटी सेक्टरका लागि भोकेसनल तथा डिप्लोमा लेभल कोर्सहरु पढाउछौ साथै सिटिभिटीइबाट सम्बन्धन प्राप्त छोटो अवधिका कोर्सहरु पनि अध्यापन गराइ रहेको छु । तर अहिले भने कोभिडका कारण पठनपाठनका कार्यहरु पुर्ण रुपमा बन्दछन् । शिक्षण पठन पाठन गराउने कुरामा सरकारको नीति पनि खुकुलो हुँदै गएको छ। हामी पनि सामाजिक भौतिक दुरीलाई काएम गर्दै पटन पाठन छिटै सन्चालन गर्ने योजना बनाई रहेका छौ सायद अब कलेज छिटै सन्चालनमा आउँछ।
अहिलेको पुस्ता बिदेस तिर जान लालहित हुन्छन् । तपाईं चै नेपालमै टुरिजम तथा हस्पिटालिटीका सम्भावना छ भन्नू हुन्छ किन ?
– सम्झिदा बढिनै चिन्तित बनाउछ । बैदेसिक रोजगारिमा जान नेपालको एकमात्र अन्तराष्ट्रिय विमान स्थलमा देखिने दैनिक हजारौ युवाहरुको लाइन खुल्ला नाकाबाट भारतमा मजदुरि गर्न जानेहरुको त कुरै नगरौ । जुन देशको युवाको देश बिकासको लागि यति महत्वपुर्ण योगदान छ उनिहरु नै पलाएन भइरहेका छन् । राज्यको कमजोर नितिका कारण म आफैमा पनि केहि बर्षअघिको अनुभव छ बेरोजगार युवाको पिडा आफ्नो अतित सम्झदा अवस्य भेटाउछु । यस्ता युवाहरुलाइ कुषि र पर्यटनका बिभिन्न क्षेत्रमा नेपालमै रोजगारी दिनसके देशको बिकास गणितीय अनुपातमा छलाङ लगाउन सक्ने सम्भावना प्रचुर मात्रा छ ।
ग्रामिण पर्यटन बिकासको लागि त अथाह सम्भावना छ । यहि देखेर झिनो आशालाई पुर्णता दिनको लागि नेपाल फर्केको हुँ । सम्बन्धित बिषयमा केहि बर्षको अनुभव बटुलिसकेकाे छु । सरकार देखि सबै तह तप्काका व्यक्तीहरुको आपसी सहयोग समजदारी भएको खण्डमा देशलाई देशको अर्थ तन्त्रलाई पनि बलियो बनाउने सेक्टर नेपालको टुरिजम ब्यबसाय एक प्रमुख हुने कुरामा दुईमत छैन।
टुरिजम ब्यबसाय नेपालमा फस्टाउने सम्भावना कस्तो देख्नु हुन्छ ? कर्णाली प्रदेश सरकारले कस्तो कदम चाल्नु पर्छ ?
– कर्णाली प्रदेश सबै प्रदेशकाे तुलनामा प्राकृतिक स्रोत साधान ऐतिहासिक ठाउँ बहु धार्मिक बहु संस्कृतिका हिसाबले सम्पन्न प्रदेश हो।संसारकै ताल मध्यको सुन्दर राराताल,से-फोक्सुन्डो ताल,मनमाेहक हिमश्रृङ्खलाहरु,छायाँनाथ ,कन्का सुन्दरी मंदिर,पाण्डव गुफा , विराट राजाको दरवार र हुम्लामा रहेको १००० बर्ष पुरानो ईतिहास बाेकेको बौद्ध गुम्वा कर्णाली प्रदेशमै पर्दछन् । अर्को तर्फ नेपाली खस भाषाको उत्पति भएको ठाउँपनि कर्णाली प्रदेश हो । यिनको प्रचार प्रसार गर्नुपर्दछ। भग्नावसेशमा रहेका ईतिहास बोकेका भौतिक पुर्वधारहरुको जिर्णोउद्दार प्रदेश सरकारले तुरुन्त गर्नुपर्छ। जुन कला सस्कृति हेर्न टुरिष्टहरुलाई निम्ताउने यी सम्पदाहरुको अहम भुमिका रहन्छ।भौतिक पुर्वाधारको रुपमा कर्णाली राजमार्गलाई दुलाइनको मार्ग गराउनु पर्छ ।
ताकी घरेलु तथा बाहिए पर्यटकहरु बर्षमा दुईपटक नभए एकपटक जसरीपनि कर्णाली घुम्न स्वस्फुरत रहर जागोस । यस कुरामा सरकारको ध्यान जान जरुरि छ। त्यो भावना जगाउने प्रमुख कुरा यातायात, गासबास कपास,सन्चार र विद्युत प्रमुख अत्यवास्यक बस्तु हुन। संस्कृतिको रुपमा हामिले मान्दै आएको परमपरा देवि देउता पुज्ने चलन पनि एक हो । यसलाई पनि पर्यटन व्यवसायमा संगसंगै जोडेर लिनु पर्छ। कर्णाली प्रदेशमा मष्ठ बण्डाली देवताको वासस्थान रहेको मान्यता छ । यस परमपरालाई पनि विश्व जगतमा चिनाउन जरुरी छ। कृषिमा रैथाने अन्नबालिको संरक्षण तथा उत्पादनलाई जोड दिएर अर्गानिक खाना खुवाउने परम्परालई पुनः विउताउन जरुरी छ । जडिबुटी लाई पनि पर्यटन व्यवसायमा जोडन जरुरी छ। यसो गरेको खण्डमा ग्रामीण तहका किसानहरुले पनि लाभ पाउँछन् र हामी सबै एक अर्काका परिपुरक भएर पर्यटन व्यसाय फस्टाउन सहयाेग गर्छ हामि सबैको आर्थिक स्थिती मजबुत हुन्छ। हामी सबै गाउँमा समाज देश निर्माणको पाटोमा समाबेश भएर देशलाई सम्मुनत बनाउन सहयोगी भुमिका खेल्न सक्छौ।
आन्तरिक तथा बाहिय टुरिस्टलाई लक्षित गरेर स्थानिय सरकारको पहलमा गाउँ गाउँमामा होमस्टे सन्चालन गराएको पनि पाइएको छ। तपाईंले यही पेशामा अनुभव पनि बटुल्न भएको छ। स्थानिय तहमा खोलिएका होमस्टेहरु सबै माप दण्डमा छन् या छैनन् यदी छैनन् भने ती होम स्टेहरुलाई मापदण्ड अनुसार सन्चालन गर्न के गर्नु पर्छ ?
– एउटा कुरा कतिपयलाइ होमस्टे कन्सेप्ट ९५% लाई थाहा छैन । म यो कुराको ठोकुवा गर्छु कर्णालीको सन्दर्भमा जहाँ स्थानिय साधन र श्रोतको कमि छैन उहिठाउमा बजेट पचाउने ध्ययले लाखाैँ खर्चेर आर सिसिवाला भवन खडागरेका छन । पहिलो कुरा हामि यहिनेर चुकेका छौँ ।यसरि खडा गरिएका भवनहरुमा मौलिकता छैन । पहिलो कुरा दक्ष जनशक्ति छैन सञ्चालनमा ल्याउन ।दक्ष जनशक्ति नै बलियो जग हो ।अँझ भनौ पावरफुल सफ्टवेर नै हो ।जसको अभाव चैतको खडेरि झै छ । बनाईएका होमस्टे नामका भवनहरु यसरि बनाइएका भवनहरु सञ्चालनमा आउनै सकिरहेका छैनन् ।
अब भन्नुहोस यस्ता भवन लाई आधुनिक ओडार नभनेर के भनौ रु हामिलाई घर बाट टाढा अर्को सुन्दर घर जहाँ पर्यटक रमाउछ आफ्नै घरमा रमायझै चाहे उ आन्तरिक हो या बाह्य र स्थानिय खाना को भरपुर आनन्द संवाद लिन्छन् । यस्ता मापदण्डका घरहरु हामि हाम्रै पहलमा सम्पन्न गर्न सक्छौ स्थानिय श्रोत र साधनबाट। सिमेन्टवाला भवन बनाउने बजेटले पुरा गाँउ बन्छ । भौतिक संरचना बनाउन कतिनै लाग्छ र ? महिनामा सम्पन्न गर्न सकिन्छ तर दक्ष जनशक्ति उत्पादन गर्ने कुरा चानचुने होइन। दक्ष जनशक्ति उत्पादन गरेर होमस्टे सन्चाल गर्नु पर्ने कुरामा सबैको ध्यान जान जरुरी छ ।
स्वस्थ जिवनको लागि प्याकेट फुडले पार्ने दिर्गकालिन असर कस्तो देख्नु भएको छ रु र अर्गानिक खाध्य बस्तु उत्पादनको लागि सरकारले लिनुपर्ने सरकारको रणनीति कस्तो हुनुपर्छ ?
– जानि नजानि फेसन गर्ने बानिले हाम्रा स्कुल पढ्ने वालबालिका देखि छिटो खाने नाउमा गाउँ समाजमा प्याकेड फुड प्रयोग गर्ने बिकासले तिव्रता पाएको छ। प्याकेड फुडको असरले हाम्रो स्वास्थ्यमा पारेको असरलाइ हामिले महसुस गरिरहेका छैनौं। स्वास्थ्य कमजोर परीरहेको छ पाकेट फुडले । अर्को तर्फ यसले वातावरण प्रदुसित गरेको छ । हाम्रो स्वास्थ्यमा यस्ता प्रिजर्भ फुड रोग उत्पादन गर्ने साधन बनेका छन । हाम्रो स्वास्थ्य नै ठुलो धन हो यो भन्दा ठुलो अरु केही पनि छैन भन्ने कुरा चर्चामा रहेको कोभिड १९ ले बुझाइ सकेको छ । अरु के नै थप्नु छ र ? जहाँ स्वस्थ शरिरको लागि अर्गानिक शुद्ध ताजा खाध्य बस्तुको उपभोग अतिनै आवस्यक छ । जुन हामिमा अथाह छ यस्ता खाध्य बस्तुहरुको उपभोगले हामि आफै स्वस्थ बन्छौ नै अरुलाइ प्रेरणा पनि दिन सक्छौ ।
कृषकलाई अर्गानिक खाध्य बस्तुहरुको उत्पादनमा प्रेरणा दिनु आवस्यक छ प्रेरणा दिने कार्यमा सरकार अग्रज नै हो जसले प्याकेट फुडका धारणा लाइ खरानी बनाउनमा मदत गरोस ।अर्गानिक खाना खानलाई बढवा दिन र प्याकेड फुडबाट हुने नोकसानलाई सरकारले उजागर गरेर जनचेतना फैलाउने कार्यक्रमहरु ग्रामिण लेवल सम्म दिनु पर्छ। प्याकेड फुडबाट बच्ने रणनीति सरकारले बेलैमा बनाउनु पर्छ नत्र भावि पुस्ता दिर्घरोगीको सिकार भएर राज्यको जिउदो भारहुनुको विकल्प छैन।
ऐतिहासिक ठाउँ, नदिनाला, हिमाल र पहाडहरुलाई पर्यटक भित्राउनको लागि राज्यले कसरी पर्योगमा ल्याउनु पर्छ भन्ने लाग्छ ?
– मुल कुरा त दक्ष जनशक्तिकै उत्पादन हो । ऐतिहासिक ठाउँहरु,नदिनाला हिमाल र पहाडका मनै लोभ्याउने ठाउँहरु लाई सञ्चालनमा ल्याउन सकिन्छ।साथै यस्ता ठाँउहरुलाई जोगाई राख्नु पनि अर्को चुनौति छ । यस्ता ऐतिहाँसिक ठाउहरु हेर्न केहि घण्टाको यात्रा आवस्यक छ स्वच्छ अक्सिजनको साथ ,जुन ठाँउले अँझ बढि महत्व पाउछ स्थानियले रोजगार पाउछन । नदि किनारा तिरका ठाउहरुमा हस्पिटालिटि सम्बन्धिका कार्य बोटिङ्ग,रेप्टिङ्ग , माछा मार्ने कार्य ,छोटो दुरिका पहाड चढ्ने कार्य, बन्जि जम्प,प्यारा ग्लाइडिङ, मठ मन्दिर धेरै कुराहरु छन् सञ्चालनमा ल्याउन । तर बिडम्बना हाम्रो समाजमा बिकास गर्ने निहुमा डोजर लगाएर जसरी पनि मोटर बाटोनै बनाउनुपर्छ भन्ने पराजित मानसिक्ताले दिमागमा डेरा जमाएको छ।
यस्ता कुरालाई मध्यनजर गर्दै सरकारले ट्रेकिङ गर्ने बाटो, केवुलकार जस्ता प्रविधी अपनाएर बढी भन्दा बढी पर्यटक भित्राउने कुरामा सरकारको ध्यान पुग्न जरुरी छ। मोटोर बाटो पुराउने नाउमा बाढी पहिरोको चपेटामा परेर धेरैले भर्खरै ज्यान गुमाए भने कयौ घरवार विहिन भएका घटना पनि हाम्रो अगाडि ताजै छन्।यस कुरामा सरकारको गम्भीर ध्यानजान जरुरी छ मोटर पुराउने नाउमा भैंसी हिड्न नसक्ने बाटो बनाउनुको कुनै औचित्य छैन । बरु ति ठाउँमा सेवा पुराउनको लागि सरकारले फरक शैलीमा विकाश पुराउन जरुरी देखिन्छ ।
सस्कृति पर्यटन विकाशको लागि राज्यले खेल्ने भुमिका कस्तो हुनुपर्छ ? र यस्को महत्व कस्तो हुन्छ ?
– जब संस्कृतको नास हुन्छ हाम्रो अस्तित्व धरापमा छ भन्ने कुराले जानकारि दिन्छ । विश्वका यस्ता धेरै देशहरु छन जहाँ संस्कृतिको लोप संगै त्यहाँका रैथाने हरुको अस्तित्व सिध्दिएका उदाहरण हरु प्रशस्तै छन् । कर्णालीको सिंजा एउटा यस्तो ठाउ जहाँबाट नेपालि भाषाको उत्पति भएको थियो । जसलाइ खस भाषा भनिन्छ यो कुरा सम्पुर्ण नेपालीहरुलाई चिनाउन र बुझाउन जरुरी छ । समाज बिकासमा संस्कृतिको ठुलो भुमिका छ। उदाहरणको लागि थारु संस्कृति , मगर सस्कृती,भोटे सस्कृती,राजी सस्कृती,गुरुङ्ग सस्कृती र थारु सस्कृतीहरु छन् ।आज धेरै समुदायका भाषा रितिरिवाज चालचलन लोप हुँदै गहिरहेका छन्। त्यसैले सस्कृती प्रर्वधन विकासमा कला संस्कृतिको अमुल्य योगदान रहन्छ। लोप उन्मुख स्स्कृतिलाई बचाउन राज्यले नुहार देखिको बल लगाएर संरक्षण गर्न जरुरी छ।
बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउनको लागि अन्यदेशमा त्यहाँको सरकारले कस्तो कदम चालेको देख्नु भयो ? हाम्रो देशको सरकारले कस्तो योजना बनाएको छ ?
– उदाहरणको लागि हामि इन्डोनेसिया को कुरा गर्न सक्छौ र एसिएन मुलका कहियौ देशका पनि उदारण छन् । इन्डोनेसिया र नेपालको भु बनोटसंग तुलना गर्दा करिब यौटै यौटै जस्तो छ। त्यहाँको सरकारले खेलेको उल्लेखनिय भुमिका पर्यटन बिकासमा युवा तथा कृषकहरुको संलग्नता संगै जोडेर लिएको छ। शान्त वातावरण प्रकृति संग सुहाउदा संरचना र अर्गानिक खेति उत्पादन प्रणालीलाई प्रमुख पक्ष बनाएको छ। र
टुरिजम ब्यवसायलाई बेरोजगार समस्या हल गर्ने कुरासंग जोडेको छ तुलना नै गर्ने हो भने हामि पछि नै छौ । ईन्डोनेसिया सरकारको दाजोमा पर्यटनका गुरु योजना बनाउने कुरामा हाम्रो सरकाले कन्जुस्याइँ नै गरेको छ।सबै बेरोजगार युवालाई सरकारी जागिर दिन सम्भव छैन तर सरकाले प्राईभेट सेक्टरका प्रोजेक्टलाई सहयोग गरेर बेरोजगारी समस्याहल गर्ने कुरामा गुरुयोजान बनाएर अघि बढ्नु पर्छ।
भन्नेहरुले कार्यकर्ता भरणपोषण गर्ने अनुदान पनि भन्छन् सरकारले कतिको बैज्ञानिकता अपनाएर अनुदान बितरण गरेको तथा परिणाम मुखी भएको पाउनु भएको छ ?
– यस्ता घटनाहरु धेरै सुन्नमा आयका छन केहि त प्रत्यक्ष आँखा अगाडि देखियको पनि छ। यस्ता कार्य हुनु राम्रो होइन । हामिलाई साच्चिकै गाँउ समाजमा बिकास चाहिएको छ फर्जि कम्पनि खडा गरेर अनुदान लिएका घटना जे जस्ता छन् अब देखि ती फर्जी कम्पिनी लाई दुरुसाहित गर्नु पर्छ । नेताहरु पनि कार्यकर्ता सेभ गर्ने काममा लाग्नु हुदैन व्यक्ति वादी चिन्तन र निजि स्वार्थ बाट माथि उठेर देश र देशका जनताको समृद्धि चाहाने हो भने बैज्ञानिक प्रणालि अपनायर अनुदान दिने र त्यो अनुदान बाट कति मान्छे लाभान्वित भए त्यसको लेखाजोखा पनि सरकारले राख्नु पर्दछ। आफ्नोलाई होइन राम्रो र ईमान्दार उद्धमीलाई अनुदान दिने परमपराको सृर्जना सरकारले शुरु गर्नुपर्छ।
तपाइको कलेजमा कस्ता बिद्यार्थिले पढ्ने अबसर पाउँछन ?
– दुर्गम क्षेत्रको आर्थिक स्तर कमजोर भएका,जिबनमा केहि गर्न चाहाने दृढ अठोट भएका लगनशिल बिद्यार्थिलाई मैले पहिलो प्राथामिकतामा राख्ने गरेको छु । आर्थिक अबस्था अभाबका कारण उच्च शिक्षा अध्ययनबाट बञ्चित बिद्यार्थिलाई १००% अनुदानमा पढाउने र उनिहरुलाई सिटिएच कलेजलेनै जागिरको ग्यारिन्टी गरीदिने प्रतिबद्धता गरेको छु । हामिले सर्टिफिकेटलाई प्राथामिकता राख्नुभन्दा पनि सर्टिफिकेटनै नभएकका साक्षर लगनशिल युवाहरुलाई पनि कलेजले अध्ययन गर्ने ब्यबस्था गरेको छ । जुन देश बिकासको मेरुदन्ड नै मानिन्छ ।अध्ययन गर्न चाहानेले सम्पर्क गर्न सक्नुहुने छ ।
अन्तमा मैले सोधन भुलेका र तपाईंले राख्न चाहेका बिषय बस्तु छन् भने राख्न सक्नु हुने छ ?
गाँउ समाज बिकासको लागि युवाहरुलाई दक्ष वनाउन तिर लागौ ग्रामिण पर्यटनको बिकासको लागि ढिलो नगरि।संस्कृति र कृषिलाई पर्यटनसंग जोड्नै पर्छ अनि मात्र सम्भव छ समुन्नत नेपालको भविस्य मनमा लागेका कुरा राख्न दिनेअवसर दिनुभो यहाँ र यहाँको पत्रिकालाई धेरै धेरै धन्यवाद भन्न चाहान्छु।