उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन १५, बिहीबार १६:४१
प्रकासित समय : १६:४१
काठमाडौँ, उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका थिए ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५७ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९६१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।