नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन १५, बिहीबार १६:२४
प्रकासित समय : १६:२४
काठमाडौँ, नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९११ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५७ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९६१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।