पुर्ब अर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस

काठमाडौँ, सरकारले निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत नियुक्त गरेको हो।

त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ।