बाँकेमा बिहिबार ४० जनामा कोरोना पुष्टि

  नेपालगन्ज, बाँके भेरी अस्पतालको परिक्षणमा बिहिबार ४० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । अस्पतालले जारी गरेको विवरण अनुसार आर्मी अस्पताल नेपालगन्जका १८ जना सहित बिभिन्न जिल्लाका गरी ४० जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये सबैभन्दा धेरै बाँकेका रहेका छन । आर्मी अस्पताल नेपालगन्जका १८, बाँकेका विभिन्न स्थानिय तहका १२, बर्दियाका ४ र दैलेखका २ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा १५७ जनाको स्वा परिक्षण गरीएको अस्पतालले जनाएको छ ।