गौतमविरुद्धको मुद्धाको सुनुवाई शुक्रबार हुने

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतम संसदको सदस्य बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारलाई सरेको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा भएको रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारलाई सरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतम विरुद्ध उजुरी दिएका थिए ।