वामदेव गौतम विरुद्धको मुद्धाको सुनुवाइ हुंदै

काठमाडौं, नेकपा उपाध्यक्ष वामदेव गौतम संसदको सदस्य बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुंदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासबाट फैसला हुने भएको छ ।

इजलासका अन्य न्यायाधीशहरुमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा पनि छन् ।उक्त मुद्धालाई आजको पेसीमा इजलास नं १ मा राखिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतम विरुद्ध दिएको उजुरीमा असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमले संसद सदस्य भन्दा माथिको पद लिन नपाउने अन्तरिम आदेश गर्दै आजको लागि सुनुवाई तोकेको थियो ।