गलत प्रवृतिको हिसावकिताव अवको क्रान्तिले गर्छः सेक्रेटेरी आखिर

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले विपद र महामारिको वेला जनता संग पार्टि अभियान संञ्चालन गरेको छ ।जिल्लाको ढकारी गाउँपालिका २ हिच्मामा व्यापक जनसहभागिताका साथ अभियानको उद्घाटन गरेको हो । जिल्ला समिति सदस्य किशोरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सेक्रेटरी क. आखिर रहेका थिए ।प्रमुख अतिथिको आसनवाट बाेल्दै नेता आखिरले नेपालका तीन तहकै सरकार भ्रष्टाचार ,कमिशन,दलालिको आहालमा डुवेर दिनप्रतिदिन राष्ट्रघाति र जनहित विपरितका गतिविधिमा संग्लन भएका कारण आफ्नो पार्टीले यसको शक्त भण्डाफोर र प्रतिरोध गर्ने बताएका थिए ।नेपाल कम्युनिष्ट पार्टि ,यसको नेतृत्व र कार्यकर्ता जस्तो सुकै संकटको घडिमा जनतासंगै हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

अबको क्रान्तिकारी आन्दोलनवाट नै भ्रष्ट ,कमिशनखोर ,दलाल, जनता आफ्नो पार्टिको विरुद्ध गतिविधि गर्ने को अर्थपूर्ण हिसावकिताव गर्ने उनले उल्लेख गरे ।कार्यक्रम को संञ्चालन जिल्ला कार्यालय सचिव क. लक्ष्मणले गरेका थिए ।कार्यक्रमका अन्य अतिथि जिल्ला जनपरिषद् प्रमुख क. सौगात,  जिल्ला समिति सदस्य क. कमल र क.समुन रहेका थिए ।