मेयरका छोरा सहितको टोलिद्धारा इन्जिनियर माथि कुटपिट
अछाम, कमलबजार नगरपालिकामा कार्यरत एक जना कर्मचारी माथि नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा सहित ३ जना ले आक्रमण गरेका छन ।पंञ्चदेवल विनायक नगरपालोका घर भई कमलवजार नगरपालिकामा कार्यरत इन्जिनियर नरेश न्यौपाने माथी असोज १३ गते साझ साढे ६ बजे पछाडीवाट आएर एक्कासी आक्रमण गरी घाईते बनाएका हुन् ।योजनाहरुको विल दायाँ बायाँ गर्ने, माथिको सिफारिस बिना काम गर्ने, नगर सरकारको भनेको काम नगर्ने, आफ्नो मनोमानी ढंगबाट काम गर्ने, नगर सरकारको विरोध गर्ने , लगायतका थुप्रै अरोप लगाएर आक्रमण गरिएको पिडित इन्जिनियर न्यौपाने ले बताए।
घटनामा मेयरका छोरा, नाती सहित ३ जना संग्लन रहेको न्योपानेले बताए । आक्रमण गर्ने ३ जनाले नै मदिरा खाएर आएको बताइको छ ।आक्रमणबाट इन्जिनियर न्यौपानेको कानको भित्रपट्टी गम्भीर चोट लागेको बताइएको छ । तर अहिले उनिहरु मान्छे जुटाएर नगर सरकारको विरोध गरेको प्रमाण जुटाउन तयारीमा लागिरहेको इन्जिनियर न्यौपानेले बताए ।आक्रमणको आन्तरिक कारण अहिले नवुझिएको र योजना बनाई आफुमाथी हातपात गरेको पिडितको न्यौपानेको दाबी छ ।