भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण
प्रकासित मिति : २०७७ आश्विन १४, बुधबार ०७:४८
प्रकासित समय : ०७:४८
नयाँदिल्ली, भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो । उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
यसअघि दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । गएको २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६२ लाख नाघेको छ । जसमध्ये ५१ लाख ८४ हजार निको भएका र साढे ९७ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।