नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५१३ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५५ हजार ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । हाल नेपालमा २० हजार ३९६ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार ८८९ जना रहेका छन् । अहिले क्वारेन्टाइनमा ५ हजार ७२८ रहेका छन् ।

आज १० हजार ९१ जनाको पिसिआर परिक्षण गरिएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।