भारतले सरकारको विरोध गरेको आरोपमा एम्नेष्टी इन्टरनेशनलको कार्यालय बन्द
काठमाण्डौ, लोकतन्त्र विश्वकै सबैभन्दा ठूलो देश दावि गर्दै आएको भारतले सरकारको विरोध गरेको आरोपमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलको कार्यालय बन्द गरिदिएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै एम्नेष्टी इन्टरनेशनल इन्डियाले भारत सरकारले आफ्नो बैंक खाता पूर्णरूपमा ‘सिज’ गरिदिएको, त्यहां भएको रकम निकल्न पनि नपाएको र काममा निरन्तर अवरोध गरेको भन्दै आफ्ना सबै काम बन्द गर्न वाध्य भएको उल्लेख गरेको छ ।भारतमा भैरहेको मानवअधिकार उल्लंघनका घटना पर्दाफास गरिरहेकोले प्रतिशोध स्वरूप सरकारले बैंक खाता बन्द गरिदिएको र खाता संचालन गर्न नपाएपछि कार्यालय स्वतः बन्द हुने अवस्था आएको एम्नेष्टीले स्पष्ट पारेको छ ।
एम्नेष्टी इन्टरनेशनल इन्डियाका कार्यकारी निर्देशक अभिनाशा कुमारले जारी गरेको विज्ञप्तिमा खासगरि हालै दिल्ली र जम्मु कश्मिरमा भएका मानवअधिकारका गम्भीर उल्लंघनका घटनामा आवाज उठाएकोमा भारत सरकारले प्रतिशोध साँधेको स्पष्ट पारेका छन् ।