ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल बनायर बेच्दै
प्रकासित मिति : २०७७ आश्विन १३, मंगलवार १५:०७
प्रकासित समय : १५:०७
काठमाडौँ, काठमाडौंको कलंकीबाट २८ हजार ६ सय वटा ब्रोइलर कुखुराको चल्ला प्रहरीले बरामद भएको छ ।
ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गरेको सुचना आएपछि महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मंगलबार तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद गरेको हो ।बिक्री गरेको अभियोगमा चार जना पक्राउ पनि परेका छन् ।
पक्राउ पर्नेमा प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाह रहेका छन् । उनीहरुले प्रतिगोटा १० रुपैयाँमा चल्ला किनेर डेढ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ ।