बारेकोट गाउँपालिकाको चरम लापरबाही
जाजरकोट, बारेकोट गाउँपालिका भित्र चरम लापरबाही भएको छ । गाउँपालिकाको कार्यालय रात्तीको समयमा पनि कार्यालय खुल्ने गरेको पाइएको छ ।कार्यालय समयभन्दा बाहेकको समयमा कार्यालय खुल्ला राखेर आखिर के हुने गरेको छ त ? यसको बिषयमा यथासिग्र छानबिन हुन जरुरी देखिएको छ । करिव रात्ती १० बजेको समयमा पनि कार्यालय खुल्ला रहेको राष्ट्रिय यूवा संघ बारेकोटले जानकारी गराएको छ ।कार्यालयमा कोही नभएको तर कार्यालय खुल्ला राखेको भन्दै राष्ट्रिय यूवा संघ बारेकोटले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ । राति अबेरसम्म कार्यालय खुल्ला रहेको र कार्यालयमा कर्मचारी पनि कोहि नभएकोले तालाबन्दी गर्न बाध्य भएको राष्ट्रिय यूवा संघ बारेकोटका ईन्चार्ज सन्देश सिंहले जानकारी दिएका छन । नेकपा बारेकोटको कार्यक्रम सकेर, घर जाने क्रममा करिव रात्ती १० बजेको समयमा कार्यालय खुल्ला रहेको र कार्यालयमा कोही पनि नभएको ईन्चार्ज सिंहले बताएका छन ।
रात्तीको समयमा पनि कार्यालय खुल्ला राखि कोही नभएको मौका छोपि चरम लाप्रवाही गरेकाे यूवा संघ बारेकोटले दावी गरेको छ । प्रहरी चौकी लिम्साको रोहवरमा कार्यालयमा तालाबन्दी गरेको ईन्चार्ज सिंहले जानकारी दिएका छन । कार्यालय खुल्ला गरेर जाने कर्मचारीलाई कारबाही नभए सम्म गाउँपालिकाको ताला नखोल्ने सिंहले जानकारी दिएका छन। यसरी गाउँपालिकाको कार्यालय खुल्ला राख्दा महत्वपुर्ण समान चोरी हुने स्थानीयले बताएका छन । कार्यालय खुल्ला छोडनु गाउँपालिकाको लाप्रवाही भएको स्थानियको दाबि रहेको छ । यस बिषयमा अनुसन्धान भइरहेको प्रहरी चौकी लिम्साले जानकारी गराएको छ ।
असाेज १३ गते प्रेश बिज्ञप्ती जारी गदै राष्ट्रिय यूवा संघ बारेकोटले गाउँपालिकाको सम्पति रक्षाको निम्ती उक्त कदम चालिएको कुरा बिज्ञप्तीमा बताएको छ ।
प्रेश बिज्ञप्ती जस्ताको तेस्तै