मन्त्रि परिषद् पुनर्गठनबारे ओली प्रचण्ड पुनः छलफलमा

काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी रहेका कामको निष्कर्षमा पुग्न हाल बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी रहेको स्रोतले बताएको छ ।पछिल्लोसमय दैनिक रुपमा ओली र प्रचण्ड छलफलमा जुटेपनि निष्कर्ष भने निस्केको छैन ।

मन्त्रिपरिषद् मा कसलाई राख्ने र कसलाई हटाउने भन्ने विषयमा ओली र प्रचण्डको मत बाझिएपछि छलफल निष्कर्षविहीन बनेको स्रोतको भनाई छ ।