बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन १३, मंगलवार ०८:२५
प्रकासित समय : ०८:२५
बाँकेमा मंगलबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।कोहलपुर नगरपालिका वडा नम्बर १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकलेजमा कार्यरत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार एक जनाको मंगलवार बिहान २ बजेतिर र अर्काको बिहान ३ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो।
उनीहरुलाई भेन्टिलेटरमा राखेर प्लाज्मा थेरापीलगायत सबै प्रकारका उपचारका विधि अपनाएर उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको छ।