कर्णालीमा आज एक जना संक्रमित थपिए
प्रकासित मिति : २०७७ आश्विन १३, मंगलवार १६:५८
प्रकासित समय : १६:५८
काठमाडौं, कर्णाली प्रदेशमा आज एक जना मात्र संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशको रुकुम पश्चिमका पछिल्लो २४ घण्टामा एक जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।
आज बागमती प्रदेशमा सबैभन्दा बढी एक हजार २८ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश–१ मा १४९, प्रदेश–२ मा ५७ र गण्डकी प्रदेशमा ३५ जना थपिएका छन्। प्रदेश–५ मा १९८ र सुदूरपश्चिम प्रदेशमा ४४ जना संक्रमित थपिएका छन्।
गण्डकी प्रदेशको मनाङ र मुस्ताङ संक्रमणमुक्त भएका छन्। त्यसैगरी कर्णाली प्रदेशका डोल्पा, मुगु र हुम्लामा पनि सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश–१ मा एक जना, प्रदेश–२ मा दुई जना, बागमती प्रदेशमा तीन जनाको मृत्यु भएको छ।