नेपालमा कोरोना संक्रमणबाट  थप ४ जनाको मृत्यु

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  थप ४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७४२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।