देउखुरीको गढवामा गरिब घर छान्ने काम सकियो
देउखुरी, नेपाल सरकार भूमी ब्यवस्था तथा सहकारी मन्त्रालयद्धारा संचालित गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि वडागत तथ्यांक संकलन गर्ने काम गढवा गाउँपालिकामा सकिएको छ । बिगत फागुन ८ गते देखि सुरु भएको तथ्यांक संकलनको काम हालै सकिएको गढवा गाउँपालिकाको सो शाखा हेर्ने सुपरिबेक्षक बसन्त अर्यालले जानकारी दिए ।गाउँपालिकाको आठवटै वडाहरुमा गणक खटाईएको थियो । गणकहरुले घर(घरमा पुगेर संकलन गरेको बिवरण अनलाईन प्रबिधिबाटै मन्त्रालयमा पठाइएको छ । अबको केहि महिना भित्रै मन्त्रालयले गणकहरुबाट संकलन भएको तथ्यांकको आधारमा परिचय पत्र दिन योग्य घरधुरीहरुको डाटा पठाउने छ । त्यसै अनुरुप गरिब घरपरिवार पहिचान गरी राज्यबाट प्रदान गरिने सेवा सुविधाको मापदण्ड बमोजिम नागरिकहरुलाई परिचय–पत्र वितरण गरिने छ–अर्यालले भने ।
जस अनुसार गढवा गाउँपालिकाको वडा नं। १ मा कुल १ हजार ३ सय २६ घरधुरी सर्भेक्षण गरिएको गणक सरिता कुमालले बताइन् । त्यसैगरी वडा नं। २ मा सरिता रानामगर र सुभाति थारु कुमाल गणकको रुपमा खट्नु भएको र वडा नं २ मा ९ सय १० र वडा नं ३ मा ८ सय ९७ घरधुरीको तथ्यांक लिइएको बताइएको छ । वडा नं ४ र ५ मा अञ्जना चौधरी र सुभाति थारु कुमालले क्रमशः १ हजार ५५ र १ हजार १ सय ३३ घरधुरी सर्भेक्षण गरी तथ्यांक संकलन गरेको बताए । यसैगरी वडा नं। ६ मा सपना पौडेल १ हजार ४ सय ४१ घरधुरीको तथ्यांक संकलन गरेर पाइएको छ भने वडा नं ७ मा रिमा चौधरीले १ हजार १ सय ८७ र वडानं।
८ मा अञ्जना चौधरीले १ सय ४५ घरधुरीको तथ्यांक संकलन गरेको पाइएको छ । गाउँपालिकाका आठवटै वडाहरुबाट कुल आठ हजार चौरानब्बे घरधुरीको तथ्यांक संकलन गरेको र सबैको बिवरण भुमी ब्यवस्था तथा सहकारी मन्त्रालयमा पठाईसकेको गाउँपालिकाका सुपरिबेक्षक बसन्त अर्यालले जानकारी दिए ।