उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा कोरोना संक्रमण देखिएको हो ।

शनिबार मात्र उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका थिए ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८८५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।