नेपाली सेनाका प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा
प्रकासित मिति : २०७७ आश्विन ११, आईतवार १५:१३
प्रकासित समय : १५:१३
काठमाडौं, नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् ।
प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुसार आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बस्नुभएको जानकारी दिएको छ ।