कालिकोटमा यात्रुवाहक बस दुर्घटना
प्रकासित मिति : २०७७ आश्विन ११, आईतवार १४:२०
प्रकासित समय : १४:२०
सुर्खेत, सुर्खेतबाट कालिकोट मान्मा जाँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटनामा परेको छ। ना छ ख ९०९ नम्बरको काक्रेबिहार यातयातको बस कालिकोटकै जितेगडामा दुर्घटना भएको हो।
जितेगडामा यात्रु झारेर रोकिएको बस अर्को दिसा तिरबाट आएको ट्रकलाई साइड दिने क्रममा सडकबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटनाबाट उक्त बसका चालक सतल बोहराको दायाँ हातको औंला काटिएको र ढाडमा सामान्य चोट लागेको तथा उपचारको लागि जिल्ला अस्पताल मान्मा पठाइएको हुल्म प्रहरी चौकिका असइ मिम बहादुर बमले बताएका छन।
सडकको स्तर अनि लापरबाहिका कारण नेपालमा दुर्घटना हुने गरेको पाईएको छ ।