नेकपाका अध्यक्षद्वय ओली र दाहाल भेटवार्ता सम्पन्न
प्रकासित मिति : २०७७ आश्विन ११, आईतवार १२:२२
प्रकासित समय : १२:२२
काठमाडौँ, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सम्पन्न भएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको थियो । आजको भेटवार्तामा अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको स्रोतले बताएको छ । अध्यक्षद्वय बीच बिहीवार र शुक्रवार पनि छलफल भएको थियो । अझै निष्कर्षमा भने नपुगेको बताइएको छ । ओली(प्रचण्डबीच छलफललाई जारी राख्ने सहमति पनि भएको छ।
प्रधानमन्त्री ओलीले आज १२ बजे आकस्मिक मन्त्रीपरिषद् बैठक पनि बोलाएका छन् ।