जेसिज सप्ताहको तेसो दिन निलसागरलाई अत्यावश्यक सामाग्री प्रदान

भालुवाङ, लमही जेसिजले विभिन्न कार्यक्रमहरू संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरेको छ । यसै क्रममा सप्ताहको तेस्रो दिन शनिबार दाङ देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा एक कार्यक्रमको आयोजना गरी जेसिजले अत्यावश्यक समाग्री प्रदान गरेको छ ।

जेसिजले आश्रमलाई ४ वटा टेवल, १० वटा कुर्सी र चामल, दाल, नुन, तेल प्रदान गरेको छ । मनवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने मुल उद्देश्यका साथ लमही जेसीजले सप्ताहब्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन सो सामाग्री प्रदान गरेको हो । अशक्त, असाहाय तथा जेष्ठ नागरिकको सेवाका निम्ति सञ्चालनमा आएको निलसागर आश्रम चलाउन अप्ठ्यारो परेको बेला सो समाग्री सहयोग गरेको भन्दै जेसिज परिवारलाई आश्रमका अध्यक्ष प्रकाश बिष्टले धन्यवाद ज्ञापन गरेका थिए । लमही जेसिजकी अध्यक्ष सपना पाण्डेको अध्यक्षता तथा निलसागर सेवा आश्रमका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका संयोजक मुकेश चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जेसिजका पुर्व अध्यक्ष हरिबहादुर कुवर, निलसागर सेवा आश्रमका प्रेस संयोजक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन लमही जेसीजका महासचिव जयप्रकाश पौडेलले गरेका थिए । अहिले निलसागर सेवा आश्रममा ३१ जना असाहाय तथा जेष्ठ नागरिक छन् । यस्तै जेसिजले सप्ताहको चौथो दिन भोली असोज ११ गते केशव दिपक शर्माको संयोजकमा रातो डाँडा लमहीमा लमही जेसिजको होर्डिङ बोर्डको स्थापना, १२ गते फर्णाधर ढकालको संयोजकमा लमही बसपार्कमा कोभिड १९ सम्बन्धी मास्क प्रयोग तथा व्यवस्थापन सम्बन्धी सचेतना अभियान कार्यक्रममा गर्ने भएको छ ।

यस्तै १३ गते झलकसिंह रसाइलीको संयोजकमा लमहीको सार्वजनिक बगौचामा लमहीमा साइकल रेस र १४ गते लोकमान रिजालको संयोजकमा लमही नगरपालिका ३ जखेरातालमा स्वागत सम्मान तथा समापन कार्यक्रम रहेको लमही जेसिजका अध्यक्ष सपना पाण्डेले जानकारी दिएकी छिन् । लमही जेसिजले प्रत्येक वर्ष जेसिज सप्ताह कार्यक्रम यसरी नै मनाउँदै आएको छ ।