तुलसीपुरबाट लागुऔषध सहित दुई जना पक्राउ
प्रकासित मिति : २०७७ आश्विन ११, आईतवार १०:४०
प्रकासित समय : १०:४०
दाङ , दाङको तुलसीपुरबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले गएराती तुलसीपुरबाट रोल्पाका कर्मबहादुर बुढा र राजकुमारी बुढालाई पाँच किलो लागुऔषध अफिम सहित पक्राउ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गुम्रहा चोक नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन् । उनीहरु दुवैजना तुलसीपुर ६ मा डेरागरी बस्दै आएका थिए ।
पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।