अबको तीन दिन वर्षाको सम्भावना

काठमाडौं, मुलुकभरको मौसममा आज (आइतबार) सामान्यदेखि आंशिक बदली रही केही स्थानमा वर्षा हुने भएको छ । प्रदेश नम्बर १ मा पूर्णतया बदली हुने र बाँकी प्रदेशमा सामान्य बदली हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम वुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार प्रदेश नं १ बाहेक प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि (सोमबार) प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । प्रदेश नं १ का एक/ दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।