अख्तियारका कर्मचारीसहित गण्डकीमा ३३ संक्रमित थपिए

पोखरा, पोखरास्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत दुई कर्मचारीसहित कास्कीमा ३ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै नवलपरासी पूर्वको देवचुली नगरपालिकाको एउटा वडाका वडा सचिवसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज (आइतबार) सार्वजनिक गरेको विवरणअनुसार पर्वतमा कार्यरत दुई सैनिकमा पनि कोरोना पुष्टि भएको छ।

यी सहित आइतबार गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैकाे क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षण गरिएकाे हाे। संक्रमण पुष्टि हुनेमा तनहुँका ६ र लमजुङका ५ पनि छन्। आज थपिएका ३३ सहित प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार ७७७ पुगेको छ।