उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन १०, शनिबार १६:५८
प्रकासित समय : १६:५८
काठमाडौँ, उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका थिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५३ हजार १३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार १४७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।