नेपालमा थप १ हजार २०७ जना कोरोना संक्रमित
काठमाडौँ, नेपालमा थप १ हजार २०७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २०७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५३ हजार १३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार १ हजार १४७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७३।८ प्रतिशत संक्रमित निको भएका छन् ।हाल नेपालमा १८ हजार ३४१ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ७ हजार ८३३ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या १० हजार ५०८ छ । अहिले क्वारेन्टाइनमा ६ हजार ३३१ रहेका छन् । आज १० हजार १९ जनाको पिसिआर परिक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।