डा. गोविन्द केसीका समर्थक पक्राउ

काठमाडौँ, स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा युवाहरुले गरेको प्रदर्शनबाट प्रहरीले केही युवाहरुलाई नियन्त्रणमा लिएको छ  ।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारीले नाराबाजी गर्दै ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको ओलीको तस्बिर अंकित पोस्टरसहित युवाहरू प्रस्तुत भएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।डा. गाेविन्द केसीकाे समर्थनमा युवाहहरू ‘हाम्राे स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीकाे साथमा’, ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका विभिन्न नारा लेखेका प्लेकार्डसहित प्रस्तुत भएका थिए ।