विनाशर्त किमसँग भेट्न तयार छुः जापानी प्रधानमन्त्री

एजेन्सी, नवनिर्वाचित जापानी प्रधानमन्त्री योशिहिदा सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग विना शर्त भेट्न तयार रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा साधारण बहसको क्रममा सुगाले यस्तो बताएका हुन् ।

जापानका नयाँ प्रधानमन्त्रीको हैसियतमा म विनाशर्त कोरियाका नेता किमसँग भेट्न तयार छुु सुगाले भने । जापान उत्तर कोरियासँगको सम्बन्ध सुधार्न आतुर रहेको उनले बताए ।जापान प्योंगयांगसँग सम्बन्ध सुधारतर्फ केन्द्रित छु, सुगाले भने, सन् २००२ मा हस्ताक्षर गरिएको द्विपक्षीय सम्झौताको अनुसार दुबै देशहरूले कोरियाली प्रायद्वीपमा परमाणु र मिसाइलको मुद्दा र सन् १९७० र ८० को दशकमा अपहरण गरिएको जापानी नागरिकको मुद्दालाई समाधान गर्ने प्रयास गर्नेछ ।

यस्तै, स्थगित भएको टोकियो ओलम्पिक आगामी ग्रीष्ममा गर्न जापान कटिबद्ध रहेको सुगाले बताए ।