युक्रेनमा सैन्य विमान दुर्घटना

एजेन्सी, युक्रेनमा एक सैन्य विमान दुर्घटना भएको छ ।दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको हो ।मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेका थिए । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

विमान दुर्घटनाको कारण खुलेको छैन ।