धरानमा एक कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन १०, शनिबार ११:२३
प्रकासित समय : ११:२३
काठमाडौं, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ।
गए राति साढे एक बजे ६३ वर्षीय पुरुषको निधन भएको अस्पतालले जनाएको छ। राजविराज ३ सप्तरीका उनलाई बिराट मेडिकल कलेज बिराटनगरले रेफर गरेको थियो।
ज्वरो खोकी, स्वासप्रस्वशमा समस्या देखिएपछि उनलाई असोज ८ गते दिउँसो बीपी कोइरालाको कारोना अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले बताएका छन। पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको र उनमा कुनै दीर्घ रोग नभएको पनि अस्पतालले जनाएको छ।

